Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरका मेयर बालेन शाहले सार्वजनिक गरे चुनावी खर्च [विवरणसहित]

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

सोमबार उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय चुनावमा झन्डै चार लाख रूपैयाँ खर्च भएको छ । मतगणनाको समयमा मात्रै एक लाख रूपैयाँभन्दा बढी खर्च भएको मेयर बालेनले जानकारी दिए ।

'खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो,' उनले फेसबुकमा लेखेका छन्,'तर विभिन्न कारणले ढिलो भएकामा माफी चाहन्छौं । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ भएको छ।'

यस्तो छ चुनावी खर्च विवरण :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077