काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो ।
उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको बताइएको छ । उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप थिए । मन्त्रिपरिषद्को बैठकले ती सबै विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय उनको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन । आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो ।
Leave a Reply