Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिचन्द्र कलेजमा अनेरास्ववियु र प्रहरीबीच झडप, प्रहरीद्धारा लाठी र अश्रुग्याँस प्रहार

काठमाडौं । त्रिचन्द्र कलेजमा नेकपा एमाले निकट अनेरास्ववियु र प्रहरीबीच झडप भएको छ ।

अनेरास्ववियुले सोमबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रर्दशन गरेको थियो ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडप भएको हो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि लाठी र अश्रुग्याँस प्रहार गरेको छ भने प्रदर्शनकारीले सवारी साधनहरूको तोडफोड गरेका छन् । प्रदर्शन दुई पक्षबाट कोही पनि घाइते नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077