सिरहा,। सिरहा प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । आइतबार राति प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लागूऔषध सहित दुई भारतीय नागरिक सहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई लहान ५ बस्दै आएका २१ वर्षीय मोहमद अखतर, ग्राम पंचायत खरियोग थाना पिप्राही १ बस्ने २७ वर्षीय धर्मेन्द्र कुमार ठाकुर र लहान ७ बस्ने दयाराम ठाकुरको छोरा १८ वर्षीय गौतम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गोप्य सुचनाको आधारमा लहान नगरपालिका वडा नम्वर ८ स्थितमा मो. अफजतले संचालन गरेको आल्मुनियम पसल र लहान–१ स्थितमा रहेको दयाराम ठाकुरको घरमा खानतलासी गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले पसल र घरबाट फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डि.सी. ४३९ बोतल र स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद गरेको छ । यस्तै प्रहरीले ज १ प ४७५८ नम्बरको मोटरसाईकल, नगद ४३ हजार ५ सय रुपैयाँ र ३ वटा मोबाइल बरामद गरेको हो ।
Leave a Reply