Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेशमा रहेका नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्था गर्न महामन्त्री थापा र शर्माको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले समेत मतदान गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

थापा र शर्माले सोमबार सभापति देउवालाई बालुवाटार पुगेर भेटवार्ता गरेका थिए ।

त्यसक्रममा पार्टी र सरकार सञ्चालन तथा सार्वजनिक सरोकारका विषयमा सभापति देउवाको ध्यानाकर्षण गराएको महामन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077