Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेहरु कहाँ हराए ? : लालबाबु पण्डित

    प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेहरु कहाँ हराए ? : लालबाबु पण्डित

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण माग गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटाले दिनुपर्ने बताएका छन्।



    आफू ११ सदस्यीय महाअभियोग सिफारिस समितिको सदस्य समेत भएको उल्लेख गर्दै सांसद पण्डितले उक्त समितिलाई कहिलेसम्म जिम्मेवारीविहीन अवस्थामा राख्ने भनेर पनि प्रश्न गरेका हुन् ।



    महाअभियोग प्रस्ताव ल्याउनेहरु कहाँ हराए ? भन्दै सांसद पण्डितले सोधेका थिए । १ फागुन २०७८ देखि प्रतिनिधिसभामा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव विचाराधीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार