Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मूल्यवृद्धिको कारणबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । मूल्यवृद्धिको कारणबारे संसदमा जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्।

सोमबारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद पद्‍मा अर्यालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण खोज्दै संसद् चल्न नदिने चेतावनी दिएपछि सभामुखले सरकारलाई कारण पेश गर्न निर्देशन दिएका हुन्।

मूल्यवृद्धिमा सरकार मौन रहेको आरोप लगाएपछि सभामुखले रुलिङ गर्दै भने, ‘माननीय सदस्यहरूले उठाएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

सरकारको ध्यानकर्षण गराउन चाहन्छु। सरकारले यस विषयमा सत्य तथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्छु।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077