काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा प्रहरी प्रधान कार्यालयमा शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा)आयोजना गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व रहेको बताएका छन् ।
घटना, दुर्घटना र अपराध नियन्त्रण गरेर नागरिकलाई सुरक्षित राख्ने जिम्मेवारी वहन गर्नुपर्ने प्रहरीका लागि योग अभ्यासको अधिक महत्व हुने गृहमन्त्रीको भनाइ छ ।
प्रहरी प्रधान कार्यालयको आयोजनामा पतञ्जली योग समितिले शिविर सञ्चालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शिविरमा सो समितिका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराएका थिए ।
Leave a Reply