Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • एमालेले मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने

    एमालेले मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 831
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अनियन्त्रित र चर्को मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने भएको छ ।

    सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिसँगै त्यसको प्रभाव हरेक बस्तुमा पर्ने भएकाले महँगीविरुद्ध सशक्त आन्दोलनको खाँचो रहेको एमालेले जनाएको छ ।



    चर्को महँगीविरुद्ध आज बस्ने प्रतिनिधि सभा बैठक अघि पार्टीका शीर्ष नेताहरूबीच छलफल गर्ने एमालेको तयारी छ ।



    सोही छलफलअनुसार कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार