Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआईजी पोखरेलको मुद्दा असार १३ सम्म हेर्दाहेर्दैमा , चोलेन्द्र र प्रभुमार्फत अदालतमा चलखेल !

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरज प्रताप सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि जेठ ३० गतेका लागि पेशी तोकिएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो ।

आज  पोखरेलको तर्फबाट दुई दर्जन कानुनविद्ले बहस गरेका थिए ।

पोखरेलको तर्फबाट माधव बस्नेत, महादेव यादव, सुनील पोखरेल, रमेश बडाल, शम्भु पोखरेल, कृष्णप्रसाद भण्डारी, पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, हरिहर दाहाललगायतले बहस गरेका थिए । गत वैशाख १८ मा मन्त्रिपरिषद्ले प्रहरी नियमाबली अनुसार धिरज प्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरी आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले सर्बोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

पोखरेलले तत्कालिन केपी ओली सरकारलाई रिझाएर व्याच मिचेर सिंगल एआईजी बनेका थिए।

पोखरेलमाथि सरकारले गरेको निर्णय उल्टाउन निलम्बित प्रधानन्यायाधिस चोलेन्द्रशमशेर राणा र उनका भाई प्रभुमार्फत मुद्दामा चलखेल गरेको आरोप लागेको छ।

प्रहरीमा निकै बिबादास्पद अफिसर मानिने पोखरेलले बिदा सकिए पनि संगठनको नियम नमानी  हाजिर भएका छैनन। उनीमाथि बिभागीय कारवाहीको प्रक्रिया पनि अगाडि बढेको प्रहरी स्रोतले वतायो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077