Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुने

    नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुने

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ ।

    विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणी नदीमा रहेको पुल ४१ वर्ष पुरानो भई जीर्ण हुँदै गएकोले नयाँ पुल निर्माण गर्न लागिएको जानकारी दिए ।



    सो कामका लागि ठेक्काको बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । विभागका अनुसार नारायणी नदीमा अहिलेको पुलको समानान्तर हुने गरी सिग्ने चर पुल’ निर्माण गर्न लागिएको छ ।



    सो काम डिजाइन एन्ड विल्ड’ निर्माण प्रणालीको आधारमा बोलपत्र आह्वान गरि ने भएको छ ।२०३८ सालमा नारायणी नदीमा निर्माण भएको अहिले को पुलको आयु ७० वर्ष तो किएको थियो । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने महानिर्दे शक थापाले बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार