Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई जनाको मृत्यु

काठमाडौं । चितवनको माडीमा घरभित्रको इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई युवकको मृत्यु भएको छ । माडी

नगरपालिका-७ देवेन्द्रपुरमा रिता रेग्मीको घरको भित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन नपुगेर माडी ८ बस्ने ३० वर्षका शिव राई र २५ वर्षका सूर्य गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माडी-८ का गुरुङ इनार सफा गर्न इनारभित्र पसेकोमा केही समयपछि बोल्न नसकी हातले इशारा गरेपछि सँगै काम गर्न गएका राई कम्मरमा डोरी बाँधेर उद्धार गर्न इनारभित्र पसेका थिए ।

राई डोरी चुँडिएर खसेका थिए । अक्सिजन अभावका कारण दुवैको इनारभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077