Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रवक्ता महत भन्छन् – वर्तमान सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि निरन्तरता पाउँछ

    प्रवक्ता महत भन्छन् – वर्तमान सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि निरन्तरता पाउँछ

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 930
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि निरन्तरता पाउने दाबी गरेका छन् ।

    रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै प्रवक्ता महतले गठबन्धनमा कसरी चुनावी तालमेल गर्ने भनेर छलफल भइरहेको बताएका हुन् ।



    उनले अहिलेकै अवस्थामा कुनै पनि दलको बहुमत नआउने र बहुमत नभए सरकार नबन्ने भएकाले चुनावपछि सरकार बनाउन यताउता दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जानु उपयुक्त हुने पार्टीको ठहर रहेको बताए ।



    ‘हाम्रो संविधानमा ४० प्रतिशत सिट पार्टीको समानुपातिक मतको आधारमा हुने व्यवस्था छ । त्यसकारण अहिलेकै अवस्थामा कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन कठिन छ,’ उनले भने, ‘हाम्रो उद्देश्य कांग्रेस एक्लैले दुई तिहाई प्राप्त गर्ने हुनुपर्छ । तर, बहुमत नआएर सरकार बनाउने बेला यता(उता दौडधुप गर्नुपर्ने अवस्था नआओस् भनेर हामी अहिल्यै गठबन्धन गरेर चुनाव जान चाहन्छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार