Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • राष्ट्रसंघ भन्छ–रुस–युक्रेन युद्धमा नागरिक हताहतीको संख्या १० हजार नाघिसक्यो

    राष्ट्रसंघ भन्छ–रुस–युक्रेन युद्धमा नागरिक हताहतीको संख्या १० हजार नाघिसक्यो

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संयुक्त राष्ट्र संघकाले युक्रेनमाथि रुसी आक्रमण सुरु भएयता हालसम्म मारिने वा घाइते हुने नागरिकको संख्या १० हजार नाघेको जनाएको छ ।

    संयुक्त राष्ट्रसंघीय मानवअधिकारको उच्च आयोग (ओएचसीएचआर) ले दैनिक सार्वजनिक गर्ने अपडेटमा जुन १६ को मध्य रातसम्म ४५०९ मानिस मारिएको र ५५८५ घाइते भएको उल्लेख गरेको छ । ओएचसीएचआरका अनुसार मर्नेमा २९४ बालबालिका छन् ।



    ‘अधिकांश नागरिक हताहती ठूलो क्षेत्रलाई प्रभाव पार्ने विष्फोटक पदार्थको कारण मरेका छन् । यस्ता हतियारमा भारतीय हातहतियार, मिसाइल तथा हवाई आक्रमण तथा रकेट प्रणाली पर्छन्,’ ओएचसीएचआरको वक्तव्यमा भनिएको छ ।

    वक्तव्यमा वास्तविक हताहतीको संख्या थप बढी हुनसक्ने पनि उल्लेख गरिएको छ । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार