काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् ।
उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।
झापा विर्तामोडस्थित विएण्डसी अस्पताल परिसरमै खुलेको क्यान्सर अस्पताल यसअघिबाटै संचालनमा आइसकेको छ ।
अस्तपाल मेडिकल व्यवसायी दुर्गा प्रसाईँले संचालनमा ल्याएका हुन् ।
उक्त क्यान्सर अस्पतालको सुभारम्भ भएसँगै नेपालको पूर्वी क्षेत्रका क्यान्सरका बिरामीहरु काठमाडौं, चितवन तथा भारतको विभिन्न अस्पताल जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
Leave a Reply