अछाम । अछामको चौरपाटी गाउँपालिकामा सुरु भएको माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्लास्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो प्रतियोगिता गाउँपालिकाले सञ्चालन गरेको हो । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ असार १ गतेबाट सुरु भएको प्रतियोगिता शुक्रबार एक कार्यक्रमकाबीच सम्पन्न भएको हो ।
२५ बिधामा भएको प्रतियोगितामा दशपल्लेपानि माध्यमिक बिद्यालय प्रथम , बैजनाथ नमुना माध्यमिक बिद्यालय पायल दास्रो र सिउडी माध्यमिक बिद्यालय तेस्रो भएका छन् । प्रतियोगितामा सहभागि विद्यालयहरुलाई प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिएको थियो । प्रतियोगितामा गाउँपालिका भरीका सात वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा गाउँपालिका भरीका सात वटा माध्यमिक विद्यालयको सहभागिता थियो । समापन कार्यक्रममा बोल्दै चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउँदले खेलकुद एउटा गहना र अनुशासन भएको बताउँदै यसलाई निरन्तरता दिएर अगाडि बढ्न खेलाडीलाई आग्रह गरे । उनले खेलकुदको बिकासका लागि गाउपालिकाले बिशेष जोड दिने बताए ।
युवाहरुलाई बेला बेलामा मौसमी आयोजना हुने गरी नभई नियमित रुपमा खेलकुदका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै उनले युवाहरु सँग पालिका अध्यक्ष बिषेश कार्यक्रम ल्याउने समेत बताएका छन् ।
Leave a Reply