Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • एसपीपीका कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन, प्रधानमन्त्रीलाई पनि बोलाइयो

    एसपीपीका कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन, प्रधानमन्त्रीलाई पनि बोलाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विवादमा परेको अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

    आसन्न अमेरिका भ्रमण र एसपीपीलगायत विषयमा छलफलका लागि आइतवारको बैठकमा प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।



    शुक्रवार बसेको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभूराम शर्मा लगायतसँग छलफल भएको थियो ।



    समितिले एसपीपीसम्बन्धी कागजात समितिमा उपलब्ध गराउन पनि सरकार र सेनालाई निर्देशन दिएको छ । समितिकोे बैठक असार ५ गते बस्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार