काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषय टुंगिसकेकाले अब अगाडि नबढ्ने बताएका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनेपछि एसपीपीको ‘च्याप्टर क्लोज’ भइसकेको बताएका हुन् ।
उनले भने, ‘स्टेट पाट्नर सीप पोग्राम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको बिज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।’
एउटै विषयलाई कोट्याउँदा नेपालको हितमा नहुने उनको भनाई छ ।
Leave a Reply