काठमाडौं । भारतीय रेलले ठक्कर दिँदा एक नेपाली युवकको मृत्यु भएको छ ।
झापाको काकडभिट्टा नजिकैको पश्चिम बंगालस्थित पानीट्यांकीमा रेलले ठक्करबाट झापाको मेचीनगर नगरपालिका-६ काकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। पानी ट्यांकी काकडभिट्टा नकिजै मेची नदी पारीको भारतीय बजार हो ।
बिहीबार साँझ साढे ७ बजे भारतीय बजारबाट घर फर्किंदै गर्दा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको हो। नेपाली युवकको शव अहिले भारतमै छ। घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।