काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्दैछ ।
अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे संसदीय समितिले आज परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्न लागेको हो ।
केपी शर्मा ओली सरकारको पालामा नेपाली सेनाले पत्र पठाएको विषयमा सार्वजनिक भएपछि त्यसबारे छलफल गर्न समितिले प्रधानसेनापतिलाई बोलाएको हो।
समितिको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ। समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ।
नेपाली सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापतिलाई छलफलमा बोलाएको हो।
Leave a Reply