कैलाली । कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बुधबार जानकी गाउँपालिकाका २२ वर्षीय हरि शंकर चौधरी पक्राउ परेका हुन् ।
चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
Leave a Reply