Online Nepal
  • बुधबार, २ माघ २०८१
  • गोबिन्दाले भाञ्जा कृष्णालाई माफी दिँदै भने, ‘रिल्याक्स, तपाईंसँग केही समस्या छैन’

    गोबिन्दाले भाञ्जा कृष्णालाई माफी दिँदै भने, ‘रिल्याक्स, तपाईंसँग केही समस्या छैन’

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 858
    SHARES

    एजेन्सी । बलिउड अभिनेता गोबिन्दा र उनका भाञ्जा कृष्णा अभिषेकबीचको मनमुटाव समाप्त भएको छ ।

    गोबिन्दाले भाञ्जा कृष्णालाई माफी दिएका छन् । रिसाएका मामालाई मनाउनका लागि कृष्णाले सार्वजनिक रुपमा थुप्रैपटक माफीसमेत मागेका थिए । मनिष पलको पोडकास्टमा केही दिनअघि कृष्णाले रुँदै आफ्ना मामासँग माफी मागेका थिए ।



    कृष्णापछि अब गोबिन्दाले मनिष पोलको शोमा उपस्थिति जनाएका छन् । यति नै बेला उनले आफ्ना भाञ्जालाई माफी दिएका छन् ।

    मनिष पलले सोसल मिडियामा गोबिन्दाको एउटा भिडियो सेयर गरेका छन् जसमा उनले भनेका छन्, ‘कृष्णाले यहाँ आएर माफी मागेका गएका छन् । सर, यदि तपाईंले उनलाई केही भन्नु छ भने कृपया भन्नुहोस् । यो मेरो आग्रह हो ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार