Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • चितवनमा बाघको आक्रमणबाट निउरो टिप्न गएकी एक युवती बेपत्ता

    चितवनमा बाघको आक्रमणबाट निउरो टिप्न गएकी एक युवती बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.1K
    SHARES

    चितवन । चितवनको एक सामुदायिक वनमा निउरो टिप्न गएकी युवतीलाई आज बिहान बाघले आक्रमण गरी बेपत्ता बनाएको छ।

    भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा आज बिहान करिब ७ बजे निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



    बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो।



    उनको अवस्था अज्ञात रहेको चितवन प्रहरीका प्रवक्ता रविन विष्टले जानकारी दिए। उनका अनुसार उद्धारका लागि इलाका प्रहरी कार्यालय दिब्यनगर, ईप्रका फुलवारी र खडगदल गण मेघौलीबाट नेपाली सेनाको टोली खटिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार