काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०१९ सालमा गरेको बताएका छन् ।
बिहीबार पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृतिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै सम्झौता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।
‘बरु, यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली सरकारले गरिसकेको तथ्य इतिहासमा छ’ उनले भने ।
‘अहिले फेरि एकपटक कुनै न कुनै राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने विगतमा देखेको हो,’ प्रचण्डले भने, ‘हिजोआज पनि एसपीपी भन्ने हुँदै छ रे भनेर प्रचार गरिएको छ। विल्कुल झुटो हो।’
प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको छलफलमा कुनै सैन्य सम्झौता नभएको प्रचण्डको जिकिर छ।
Leave a Reply