Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • ७ दिन भित्रमा हाजिर हुन अनुरोध

    एपीएफ अस्पतालका प्रहरी निरीक्षक डा. साह सम्पर्कविहीन, सेवाबाटै हटाउने तयारी

    एपीएफ अस्पतालका प्रहरी निरीक्षक डा. साह सम्पर्कविहीन, सेवाबाटै हटाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले लामो समयदेखि कार्यालयमा नआएका सशस्त्र प्रहरी निरीक्षक डा.सुजित कुमार साहलाई ७ दिन भित्रमा हाजिर हुन अनुरोध गरेको छ ।

    सर्लाही हरिपुर्वा ९ का दरबन्दी आईडी नम्बर १५७५ भएका साह गत वैशाख १३ गतेदेखि विदा स्वीकृत नगराई सम्पर्कविहिन भएको छन् ।



    एपीएफ बलम्बु अस्पताल​मा कार्यरत साह केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका कारण ७ दिनभित्र स्पष्टिकरण पेस गर्न भनेको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।



    सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम १ को खण्ड (ज) ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ अनुसारको कसुरमा ऐ नियमावलीको ११० को खण्ड (ख) १ बमोजिम ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार