Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसपीपी सम्बन्धी कुनै सम्झौता वा समझदारी भएको छैन : सेना

काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको र भविष्यमा पनि त्यस्तो सम्झौता गर्न कुनै प्रक्रिया नभएको स्पष्ट पारेको छ ।

बुधबार एक विज्ञप्तिमार्फत सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै पनि सम्झौता नगरेको बताएको हो ।

'एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत भएको छैन,' सेनाले भनेको छ ।

साथै, सेनाले नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थमा सदैव प्रष्ट र सचेत रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077