Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश सभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री रावलले चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रकम विनियोजन गरिएको जानकारी दिए ।

कृषि विकास र सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको प्रस्तुत बजेटमा सडक पूर्वाधार ५ अर्ब ६० करोड विनियोजन गरिएको छ ।

यस्तै प्रदेशको निर्वाचन क्षेत्रलाई केन्द्रित गरी बनाइएको प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षबाट खारेज गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077