Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उदण्ड राज्यमन्त्री वली प्रकरणले लुम्बिनी प्रदेश सभा वैठक स्थगित

    उदण्ड राज्यमन्त्री वली प्रकरणले लुम्बिनी प्रदेश सभा वैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1.3K
    SHARES

    बुटवल । स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

    प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली प्रकरणबारे सरकारले प्रदेश सभा वैठकमा जवाफ नदिँदा सम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।



    बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीय दलको प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए । सभामुख पूर्ण घर्तिले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।



    यसअघि नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले सरकारको जवाफ नआएसम्म वैठक चल्न नदिने निर्णय गरेको थियो । मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित एकराज बस्नेतको घरमा गई उनकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीलाई कुटपिट गरेकी थिइन् । सरकारले भने राज्यमन्त्री विमलाको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार