काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू कुनै पार्टी प्रवेशको तयारीमा नरहेको बताएका छन् ।
विभिन्न सञ्चार माध्यममा मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेको समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै उनले सम्मिलन, एकीकरण र ध्रुवीकरणमा आफ्नो चासो रहेपनि पार्टी नै प्रवेश गर्ने योजना नरहेको बताए ।
आफू एक्लै कतै जोडिएर सशक्त शक्ति निर्माण हुने सम्भावना नरहेकोले तत्काल कुनै राजनीतिक योजनामा आफू नरहेको मिश्रको भनाइ छ ।
देशलाई शिरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव छ।
Leave a Reply