काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ ।
दाङको तुलसीपुरमा मंगलबार महिला र नाबालिका कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो ।
उनलाई प्रहरी निगरानीमै रहने गरी बुटवल पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि मंगलबार उनलाई जिल्ला प्रशासन कार्यालयमै राखिएको थियो । आवश्यक परेको बेला प्रहरीले बोलाएर अनुसन्धान गर्ने गरी उनलाई राती बुटवल पठाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।
आज संसदमा बजेट पेश हुन थालेको र बजेट पासका लागि बिमलालाई मुख्यमन्त्री कुलप्रसाद केसीकै निर्देशनमा बुटवल पुर्याइएको बताइएको छ । प्रदेश सरकारले आज बजेट पेश गर्दैछन्।
Leave a Reply