Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजदेखि कार्यालय समय पुरानै, हप्ताको ६ दिन खुल्ने

काठमाडौं । सरकारले आजदेखि कार्यालय समय पुरानै निर्धारण गरेको छ ।

दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले सरकारी कार्यालय समय ६ दिन लागु गर्ने भएको हो ।

जेठ १ गतेदेखि सरकारले हप्तामा दुईदिन सरकारी कार्यालयमा बिदा दिन थालेको थियो ।

तर, यो निर्णय सेवाग्राहीको हितमा नभएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले एक महिनामै हप्ताको ६ दिन नै सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।

शुक्रबार कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077