काठमाडौं । पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने व्यक्ती पक्राउ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बालुवाटार घर भई हाल टोखा बस्ने ३५ बर्षीय रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् ।
उनले तनहुँकी सुकमाया गुरुङलाई पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि काम लगाई दिन्छु भनेर तेत्तिस लाख पचाँस हजार ठगी गरेको बताइएको छ ।
जाहेरीका आधारमा अनुसन्धान गर्दा जाहेरवाला लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको हवाई टिकट तथा नक्कली भिषाहरु बरामद भएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रजापतिलाई आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।
Leave a Reply