दाङ । लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले आज बिहानै आफ्ना प्रेमी एकराज बस्नेतको घरमा घुसेर ताण्डव मच्चाएकी छन् । उनले ‘मेरो पोइ खोइ? ’ भन्दै एकराजकी श्रीमती र छोरीमाथि हातपात गरेकी थिइन् ।
घटना हुँदा एकराज घरमा थिइएन्। एकराजकी पत्नी मिनाले आफन्तलाई खबर गरेपछि आफन्तले प्रहरी बोलाएका थिए । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए ।
बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
Leave a Reply