Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रोल्पाको थवाङमा भूमे पर्वको रौनक सुरु

    रोल्पाको थवाङमा भूमे पर्वको रौनक सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 996
    SHARES

    रोल्पा । रोल्पाको थवाङमा भूमे पर्वको रौनक सुरु भएको छ । प्राकृतिक विपत्तीबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी यो पर्व मनाउने गरिन्छ ।

    असार १ गतेदेखि ५ गतेसम्म यो पर्व मनाउने चलन रहँदै आएको छ । भूमे पर्वको उपलक्ष्यमा थवाङ गाउँपालिकाले असार १ र २ गते सार्वजनिक विदा दिएको छ । भूमे पर्व अगावै गाउँका युवायुवतीहरु जलजलामा फूल लिन जाने गर्दछन् ।



    पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ । भूमे पूजा अगावै जलजला देउतालाई शान्त पार्न यसरी फूल लिने र पूजा गर्ने चलन रहेको छ ।



    असार १ गते भूमे पूजा गरिन्छ भने २ गतेदेखि ५ गतेसम्म भूमे नाच र नचारु नाच नाच्ने चलन रहेको छ । उक्त पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ भनिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार