Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोलिदेखि सरकारी कार्यालय समय हेरफेर [सूचनासहित]

काठमाडौं । भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ ।

गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।

कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ ।

सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077