Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीले दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका विभिन्न शीर्षकमाथि छलफल जारी छ ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमाथिको जवाफले नै निरन्तरता पाउने संघीय संसदको सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय सहित १० मन्त्रालयका मन्त्रीहरूले संसदमा जवाफ दिनेछन् ।

आजको बैठकमा युवा तथा खेलकुद, शहरी विकास, कृषि तथा पशुपन्क्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077