Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वाम एकता, सहकार्य वा गठबन्धनको सम्भावना तत्काल छैन : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् ।

आज बसेको सचिवालय बैठकपछि उनले अहिले कुनै वाम एकता, सहकार्य वा गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।

साथै उनले एमालेले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको पनि बताए । आफूहरूले कसैलाई प्रस्ताव नगरेको बरु उनीहरूले कांग्रेससँग बार्गेनिङ गर्नका लागि सुनियोजित रूपमा प्रचार गरेको बताए ।

यस्तै एमालेको सचिवालय बैठक घनश्याम भुसालमाथिको कारबाही सिफारिसबारे कुनै छलफल नै नगरी सकिएको छ । भुसालमाथिको कारबाही सिफारिसबारे कुनै छलफल नभएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077