Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभाद्वारा सबै उपाय अपनाएर मल उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाले सम्भव सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकले सर्वसम्मतिले सरकारलाई मल उपलब्ध गराउने सबै उपाय अपनाउन निर्देशन दिएको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि उक्त विशेष प्रस्तावका रूपमा निर्देशन पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिदै भने 'रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077