Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • अर्थमन्त्रीलाई फिर्ता बोलाउने भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ भएको प्रचण्डको भनाई

    अर्थमन्त्रीलाई फिर्ता बोलाउने भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ भएको प्रचण्डको भनाई

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नमागेको बताएका छन् ।

    अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति समेत नरहेको प्रस्ट पार्दै प्रचण्डले अर्थमन्त्रीलाई फिर्ता बोलाउने भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको बताएका छन् ।



    अध्यक्ष प्रचण्डले अर्थमन्त्रीको राजीनामासँग जोडेर आएका कुनै पनि समाचार बदनाम गराउन फैलाएको अफवाह र षडयन्त्रबाहेक अरू केही नभएको भन्दै शर्मासँगको आइतबारको भेटमा पार्टी संगठनका बारेमा कुराकानी भएको प्रस्ट पारे ।



    केही अनलाइन सञ्चारमाध्यमले अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई आइतबार खुमलटारमै बोलाएर ‘राजीनामा मागेका’ समाचारहरू सार्वजनिक भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार