काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ ।
पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए ।
पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए ।
उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो । तर छलफलमा के भयो भन्नेबारेमा चाहिँ खुलेको छैन ।
Leave a Reply