Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रमुख शाह र उपप्रमुख डंगोलद्वारा मानवसेवा आश्रम अवलोकन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उप-प्रमुख सुनिता डंगोलले मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडाको अवलोकन गरेका गरेका छन् ।

सोमबार र मंगलबार बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उप प्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा हेटौंडा गएको समयमा प्रमुख शाह र उपप्रमुख डंगोलले संयुक्त रूपमा आश्रमको अवलोकन गरेका हुन् ।

यस क्रममा मानवसेवा आश्रमका प्रमुख संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य, काठमाडौँ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरूबो बारेमा बताएका थिए ।

उनलेआगामी योजनाहरूमा बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077