काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघको टोली रसिया प्रस्थान गरेको छ ।
रसिया बक्सिङ संघले नेपाल बक्सिङ संघलाई बोलाएको कार्यक्रममा बक्सिङ संघका पदाधिकारी सहित मन्त्रीको टोली गएको हो ।
कार्यक्रममा सहभागी हुन नेपाल बक्सिङ संघका पदाधिकारीसँगै खेलकुद मन्त्री, मन्त्रीका स्वकीय सचिव, मन्त्रालयका सचिवसहित राखेप कर्मचारी गएका हुन् ।
खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्त्रीका स्वकीय सचिव रोशनलाल सुनारको टोली रसिया गएको हो ।
Leave a Reply