Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपालमा ७७ प्रतिशत हवाई दुर्घटना पहाडमा ठोक्किएर

काठमाडौं । नेपालमा ७७ प्रतिशत हवाई दुर्घटनाको मृत्यु नियन्त्रित वायुयान बादलभित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन्टु टेरेन) बाट हुने गरेको अध्ययनले देखाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको हवाई अवस्थाको अध्ययन गर्न गठित छानविन समितिले मृत्युदरका तीन कारणमध्ये विमान बादलभित्र छिरेर पहाडमा ठोक्किएर हुने सबैभन्दा बढी रहेको तथ्य औंल्याएको हो।

विमान बादल भित्रछिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन्टु टेरेन) बाट हुने दुर्घटनाको मृत्युदर ७७ प्रतिशत छ । यस्तै, चालकले विमान उडानको क्रममा विभिन्न कारणले सन्तुलन गुमाएर हुने दुर्घटना (लस अफ कन्ट्रोल इन फ्लाइट) मा २० प्रतिशत र उडान वा अवतरणको समयमा रहेको विमान धावन मार्गबाट चिप्लिएर (रन-वे एक्सकर्सन) मा हुने ३ मृत्यु प्रतिशत औंल्याइएको छ।

सन् २०११ देखि २०२० सम्ममा भएका ३५ वटा दुर्घटनामध्ये १९ वटा दुर्घटना घातक भएकोमा १३५ जनाको मृत्यु भएको छ। १० वर्षमा भएका दुर्घटनाको प्रकृतिलाई अध्ययन गर्दा धावन मार्गबाट बाहिर गएर ५० प्रतिशत तथा नियन्त्रित वायुयान पहाडमा ठोक्किएर हुने दुर्घटना ३३ प्रतिशत रहेको छ । उदाउड्दै नियन्त्रण गुमाएर (लस अफ कन्ट्रोल इन फ्लाइट) १७ प्रतिशत रहेको छ। कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077