Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अमेरिकी जनरल फ्लिनले भने – नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पूरानोमा एक हो

    अमेरिकी जनरल फ्लिनले भने – नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पूरानोमा एक हो

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले नेपाली सेना एक भरपर्दो जमिनी शक्ति भएको बताएका छन् ।

    आफ्नो चारदिने नेपालको औपचारिक भ्रमणको अन्तिम दिन आइतबार नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा तालिमरत शिक्षार्थी अधिकृतहरु र प्रशिक्षकहरुसँग अन्तरक्रिया गर्दै फ्लिनले यस्तो बताएका हुन् ।



    उनले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



    उक्त भ्रमणका क्रममा उनले कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गर्नाका साथै वृक्षरोपण पनि गरे। फ्लिन नेतृत्वको टोलीले आइतबार नै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गरेको थियो।

    सो क्रममा शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट उक्त भ्रमणदललाई वस्तुस्थितिलगायत विविध पक्षबारेमा जानकारी गराइएको थियो।

    यही जेठ २६ गते नेपालको चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएका उनी आइतबार नै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार