Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतबाट फर्केका पुरुषको मृत्यु, तीनजना पक्राउ

    भारतबाट फर्केका पुरुषको मृत्यु, तीनजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 960
    SHARES

    फाइल तस्विर

    कैलाली । भारतबाट स्वदेश फर्केका एक पुरुषको मृत्यु भएको छ । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय धनबहादुर शाहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मृत्युको कारण खुल्न नसकेको बताए।

    ‘भारतबाट फर्केर शाहसहित केही व्यक्ति धनगढी बसपार्कको होटेलमा बसेका थिए,’ डिएसपी जोशीले भने,’शाह बिरामी भएपछि सेती अस्पतालमा उपचार गरिएको रहेछ। सन्चो भएपछि अछामका लागि हिडेका र कैलालीकै फल्टुडे पुगेपछि शाह फेरि बिरामी भएका रहेछन्। उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल ल्याइएकोमा त्यहीँ मृत्यु भएको हो ।’



    यता मृतकका आफन्तले भने शाहको हत्या भएको भन्दै जाहेरी दिएका छन् । प्रहरीले भने मृतकको पोस्टमार्टम सेती अस्पतालमा भइरहेको र अहिले घटनाबारे बिस्तृत भन्न नसकिने जनाएको छ। डिएसपी जोशीले शाहसंगै आएका तीन जनालाई नियन्त्रणमा लिएको छ ।



    अछाममै घर भएका पदमबहादुर साउँदलाई अछाम प्रहरीले पक्राउ गरी धनगढी पठाएको छ भने खडकबहादुर शाह र कृष्णबहादुर शाहलाई कैलाली प्रहरीले धनगढीमै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी जोशीले बताए । शाहसंग आएका व्यक्ति भारतमा चोरीमा सग्लन रहेको र सोही बिषयमा उनीहरुबीच विवाद भएको पनि आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार