काठमाडौं । गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिने भएकी छिन्।
उनी फेसन डिजाइनर शरद केडियासँग आगामी ३१ गते विवाह बन्धनमा बाँधिन लागेकी हुन्।
इन्दिरा र शरद विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए। केही समयअघि शरदले इन्दिरालाई प्रपोज गरेको भिडियो निकै चर्चित पनि भएको थियो।
हालसालै विवाहअघिको मेहन्दी संस्कार गरेका इन्दिरा र शरदले ३१ गते मंगलबार विवाह गर्न लागेका छन्।
इन्दिराले सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी दिएकी हुन्।
Leave a Reply