Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतबाट फर्किएका युवकको कैलालीमा मृत्यु,शंकास्पद रहेको भन्दै अनुसन्धानको माग

धनगढी । भारतबाट अछाम फर्किएका एक युवकको कैलालीमा मृत्यु भएको छ ।

मुम्बईबाट फर्किएका चौरपाटी गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले अनुसन्धानको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धानका लागि शाहसँगै घर फर्किरहेका तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

शाहका आफन्तले भने भारतबाट फर्किँदा उनीहरुले गरगहना र नगद चोरी गरेको ल्याएको र भागवण्डामा कुरा नमिलेपछि हत्या गरेको दाबीसहित किटानी जाहेरी दिएको तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको आरोप लगाएका छन् ।

मृतकका आफन्त रवीन्द्र शाहले भारतको मुम्बईबाट उनीहरुले ठूलो मात्रामा नगद र गरगहना चोरी गरेर ल्याएको हुन सक्ने भन्दै लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको हुनसक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077