Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदीप ज्ञवालीको प्रश्न : प्रधानमन्त्रीको अमेरिका भ्रमण कसले गराउन लागेको हो?

काठमाडौं । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जवाफ मागेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्ता घटक दलकै प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमणमाथि प्रश्न उठाएको र त्यसबारे जवाफ माग्नु गम्भीर विषय भएको बताए ।

उनले भने–‘सत्तागठबन्धन भित्रबाट प्रधानमन्त्रीको अमेरिका भ्रमणको विरोध हुनु सत्ता गठबन्धन भित्रको असमझदारी हो भनेर बुझ्ने या यो भ्रमणसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरु छन् ? यो विषयमा संसद अनुत्तरित हुनुहुँदैन भन्ने लाग्छ ।’

उनले अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले अविलम्ब सदनलाई जानकारी गराउन माग गरे । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रमुख प्रतिपक्षी दल बेखबर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077