बर्दिया । जिल्ला समन्वय समिति बर्दियाको प्रमुखसहित अन्य पदमा नेपाली कांग्रेसका उमेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित हुनुहुनेमा प्रमुख पदमा सूर्यबहादुर विष्ट, उपप्रमुखमा अमिताकुमारी यादव, सदस्यमा तीर्थप्रसाद जैसी, विनय राजभण्डारी, पुरैलाल थारू छन् ।
यसैगरी, महिला सदस्यतर्फ खगिसरा कामी, छविभाट क्षेत्री र विमला थारू र दलित वा अल्पसंख्यक सदस्यमा सुनीता नेपाली निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजंग शाहले जानकारी दिए ।
उनका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम प्रमुख, उपप्रमुख तथा सदस्य पदमा कांग्रेसका उमेदवार निर्वाचित भएका हुन् । रासस
Leave a Reply