Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असहाय, गरिब र विपन्नको निःशुल्क उपचारमा महानगरले सहयोग गर्ने मेयर शाहको प्रतिवद्धता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले असहाय, गरिब र विपन्नको निःशुल्क उपचारमा महानगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरीक्षण गर्दै उनले चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिए।

सोही क्रममा अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर र नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका थिए ।

मेयर शाहकै अगाडि उनले भने–‘यहाँ देशैभरिका जोसुकै नेपाली नागरिकले मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन्।’

निरीक्षणका क्रममा मेयर शाहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताए । ्

२०१३ सालमा स्थापना भएको चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा पनि उनले अनुगमन गरे।

त्यसक्रममा मेयर शाहले अस्पतालमा उपचार गराइरहेका विरामीसँग अन्तरक्रियासमेत गरेका थिए।

मेयर शाहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ ? सहकार्य कसरी हुनसक्छ ? बार्षिक रुपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077